यसअघि जसपाबाट पराजित, यसपटक एमालेबाट निर्वाचित

काठमाण्डु टुडे २०८१ मंसिर १६ गते २३:३२ मा प्रकाशित

महोत्तरी, १६ मंसिर- महोत्तरीको रामगोपालपुर नगरपालिका २ को अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् ।
एमालेका सकिबुल खाँ ६ सय ३१ मत ल्याएर विजयी भएका हुन् ।

उनकी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी आइतीकुमारी यादवले ५ सय ३४ मत पाइन् । यस्तै कांग्रेसका मोहम्मद जनिफ खाँले २ सय ८४ मत पाए ।

वडाअध्यक्ष निर्वाचित खाँ यसअघि ०७९ को निर्वाचनमा जसपाबाट उम्मेदवार भएर पराजित भएका थिए । यसपटक एमालेबाट टिकट लिएर उनी विजयी भएका हुन् ।

त्यतिबेला खाँले ३ सय ४२ र एमालेका कादिर हुसैनले २ सय ८७ मत पाएका थिए ।
यसअघिको निर्वाचनमा उक्त वडाको अध्यक्षमा माओवादी केन्द्रका मुकेशकुमार यादव निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us