युक्रेनद्वारा रुसमाथि अमेरिकी क्षेप्यास्त्र प्रहार, वायु रक्षा प्रणाली ध्वस्त

काठमाण्डु टुडे २०८१ मंसिर १२ गते १०:०१ मा प्रकाशित

एजेन्सी–युक्रेनले रुसमाथि अमेरिकी क्षेप्यास्त्र प्रहार गरेको छ ।

युक्रेनको क्षेप्यास्त्र आक्रमणबाट आफ्नो प्रमुख वायु रक्षा प्रणाली ध्वस्त भएको रुसले स्वीकार गरेको छ ।
युक्रेनी आक्रमणमा कुर्स्क क्षेत्रमा रहेको रुसी सैन्य आधारमा पनि क्षति पुगेको अधिकारीहरुले बताएका छन् ।

हालै अमेरिकाले युक्रेनलाई एटीएसीएमएस मिसाइल दिएको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकालको अन्तिम समयमा आएर उक्त मिसाइल रुसभित्र प्रयोग गर्न अनुमति दिएका थिए ।

रुसको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरी प्रत्याक्रमण गर्ने चेतावनी दिएको छ ।
युक्रेनी वायुसेनाले सोमबार राति रुसले १ सय ८८ ड्रोनबाट आक्रमण गर्दा केही आधारभूत संरचनामा क्षति पुगेको बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us