
एजेन्सी– पाकिस्तानमा यात्रु बसमा आक्रमण हुँदा कम्तिमा ४१ सर्वसाधारण मारिएका छन् ।
खैबर पख्तुनख्वाह प्रान्तमा गुडिरहेको बसमा पख्तुनख्वाह प्रान्तको कुर्रम क्षेत्रमा बन्दुकधारीहरुको समूहले बिहीबार आक्रमण गर्दा बसमा सवार ४१ जना मारिएका अधिकारीहरुले बताएका छन् ।
आक्रमणमा परी अरु १६ जना घाइते छन् । यो समाचार तयार पार्दासम्म आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन । यसअघि बुधबार सोही प्रान्तमा बन्दुकधारीको आक्रमणमा १२ सुरक्षाकर्मी मारिएका थिए ।