मोदीका प्रिय व्यापारी गौतम अडानीविरुद्ध अमेरिकामा मुद्दा दायर

काठमाण्डु टुडे २०८१ मंसिर ६ गते ११:३३ मा प्रकाशित

काठमाण्डू ६ मंसिर- भारतका अर्बपति व्यापारी गौतम अडानीविरुद्ध अमेरिकामा मुद्दा दायर भएको छ ।

गौतम अडानी र उनका भतिजा सागर अडानीसहित सात जनाविरुद्ध धोखाधडी र घूस दिखकै आरोपमा बुधबार न्यूयोर्कको एक अदालतमा मुद्धा दायर भएको हो ।

अडानी ग्रुपका अध्यक्ष समेत रहेका उनी प्रधानमन्त्री नरेन्द्र मोदीका निकट मानिन्छन् ।

सौर्य ऊर्जा प्लान्टको ठेक्का हात पार्न २५ करोड अमेरिकी डलर घूस दिएको आरोप अडानीमाथि लागेको छ ।

अडानीको कम्पनी ग्रीन इनर्जीका सीईओले अमेरिकी लगानीकर्ताबाट तीन अर्ब डलर उठाएको पनि आरोपपत्रमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us