नेतान्याहूको घरमा आगोको गोला प्रहार

काठमाण्डु टुडे २०८१ मंसिर २ गते १०:३१ मा प्रकाशित

एजेन्सी– जरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूको घरमा आक्रमण भएको छ ।

उनको घरमा दोस्रोपटक आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

नेतान्याहूको निवासलाई लक्षित गरी आगोको गोला प्रहार भएको त्यहाँको प्रहरीले जनाएको छ । आगोको गोला नेतान्याहूको घरको आँगनमा खसेको बताइएको छ ।

आक्रमणको समयमा नेतान्याहू र उनको परिवारका सदस्य कोही पनि घरमा थिएनन् ।
यसअघि १९ अक्टोबरमा नेतान्याहूको घरमा हिजबुल्लाहले आक्रमण गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us