काठमाण्डु, ७ कात्तिक- उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
हर्नियाको शल्यक्रियाका लागि यादव मंगलबार साँझ अस्पतालमा भर्ना भएका हुन् ।
उपराष्ट्रपतिका निजी चिकित्सक डा. शिवजीविक्रम सिलवालका अनुसार उनको बुधबार शल्यक्रिया गरिने छ ।
उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित थिए ।
उपराष्ट्रपति यादवको शल्यक्रिया प्राध्यापक डा रमेशसिंह भण्डारी र सहप्राध्यापक डा सुमिता प्रधानले गर्नेछन् ।




