गुल्मी,७ कात्तिक- गुल्मीमा स्टार्ट गर्ने क्रममा मोटरसाइकलमा आगलागी भएको छ ।
आगलागी हुँदा मोटरसाइकल जलेर जष्ट भएको छ ।
गुल्मीदरबार-४ का ३० वर्षीय कृष्ण बुचाले पेट्रोल भरेर स्टार्ट गर्ने क्रममा मोटरसाइकलमा आगलागी भएको प्रहरीले जनाएको छ ।
गुल्मी प्रहरी प्रमुख डिएसपी शंकर पोखरेलले आगलागीबाट मोटरसाइकल जलेर पूर्णरूपमा क्षति भएको बताए । मानवीय क्षति भने हुन नपाएको उनको भनाइ छ ।