भिस्टाराको जहाजमा बम नभएको पुष्टि

काठमाण्डु टुडे २०८१ कार्तिक ६ गते २०:२८ मा प्रकाशित

काठमाण्डु, ६ कात्तिक-भिस्टारा एयरको जहाजमा बम राखिएको हल्ला ग़लत भएको पुष्टि भएको छ ।

जहाजमा बम नभएको पुस्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

तीन घण्टा रोकिएको भिस्टारा एयरवेजको जहाज खरामुक्त रहेको प्रमाणित भएको छ ।

सेना र प्रहरीले सर्च अपरेसनपछि जहाजको आन्तरिक तथा वाह्य भाग तथा यात्रुका ब्यागेज जाँच गरिएको भुलले बताए ।

भारतबाट आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएलगत्तै भारतीय नम्बरको ह्वाटस्एपबाट जहाजमा बम भएको सूचना आएको थियो ।

जहाजलाई खतरामुक्त प्रमाणित भएपछि दिल्ली उडाउने तयारी भएको जानकारी भुलले दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us