काठमाण्डु, ६ कात्तिक-भारतको नयाँ दिल्लीबाट काठमाण्डू आएको भिस्तारा जहाजमा बम भएको सूचना फैलिएको छ ।
उक्त जहाज अपराह्न साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
बमको भएको हल्लापछि नेपाली सेना परिचालित भएको छ ।
सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले सेनाको बम डिस्पोजल टोलीले विमानस्थलमा सर्च गरिरहेको बताए ।
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बमबारे भारतीय नम्बरको ह्वाट्स एपमार्फत् सूचना आएको हो ।
उनका अनुसार सेक्युरिटी जाँच गर्ने कर्मचारीलाई भिस्ताराको दिल्ली-काठमाण्डू फ्लाइट नम्बर १५५ जहाजमा बम भएको सूचना आएको थियो ।
जहाज दिल्लीबाट उडिसकेको एक घण्टापछि सूचना आएको भुलले बताए ।