काठमाण्डु ६ कात्तिक– पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ ।
आज (मंगलबार) पोखरामा सम्पन्न विधान अधिवेशनले नेपाल समाजवादी पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राख्ने निर्णय गरेको नेत्री मानुषी यमि भट्टराईले जानकारी दिएकी छन ।
यस्तै बैठकले आगामी माघ २५, २६ र २७ गते काठमाण्डुमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय पनि गरेको पनि उनले जानकारी दिएकी छन । यस्तै पार्टीको झन्डा र चुनाव चिन्ह आँखा राख्ने र केन्द्रीय कमिटी ९९ सदस्यीय हुने निर्णय गरेको छ ।