नेपाललाई सम्पन्न बनाउनुपर्ने दायित्व हामी सबैको होः रक्षामन्त्री राई

काठमाण्डु टुडे २०८१ कार्तिक ६ गते १७:३३ मा प्रकाशित

काठमाण्डु ६ कात्तिक– रक्षामन्त्री मानवीर राईले नेपाललाई राष्ट्र, राष्ट्रियता र विकासको हिसावले सम्पन्न बनाउनुपर्ने बताएका छन । आज मंगलवार मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवधिमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रक्षामन्त्री राईले यस्तो बताएका हुन ।

उनले यो सरकार अहिलेको संविधान, नियम कानूनका आधारमा मन्त्रालयले काम गरिरहेको र यसलाई अझ सशक्त र थप प्रभावकारी बनाउने गरी अघि बढेको पनि बताए । उनले नेपाललाई संसारमा हेर्न लायक बनाउने गरी काम गरिरहेको दाबी समेत गरेका छन ।

उनले राष्ट्र र राष्ट्रियता, विकास निर्माण, शान्ति सुरक्षाका हिसावले सबल र सक्षम बनाउने दायित्व आफूहरुको भएको बताए । राईले सबैलै आफ्नो आफ्नो क्षेत्रमा मुलुकको हितका लागि काम गर्नुपर्ने बताए ।

उनले भने, ‘अहिलेको हाम्रो संविधान, नियम कानूनका आधारमा हाम्रा गतिविधिहरु यो मन्त्रालयअन्तर्गत सबै भइरहेका छन् । यसलाई अझ सशक्त कसरी बनाउने, साँच्चै यो मुलुक संसारमा हेर्न लायक, राष्ट्र र राष्ट्रियता, विकासको हिसावले, शान्ति सुरक्षाका हिसावले सबै हिसावले कसरी सबल र सक्षम हामी बनाउने, बन्ने भन्नेकुरा हामी सबैको दायित्व हो ।

यसमा सबैलै आफ्नो आफ्नो क्षेत्रमा मुलुकको चौथो अंगको रुपमा मुलुकको राष्ट्र÷राष्ट्रियताको संरक्षण र संवद्र्धनको लागि सदैव लागि रहनुपर्छ । त्यसका लागि पत्रकार मित्रहरुको ठूलो भुमिका हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us