काठमाण्डु ६ कात्तिक– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको दोस्रो दिनको बयान सम्पन्न भएका छन ।
आज (मंगलबार) बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइएको थियो । यसअघि सोमबार पनि जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई सरकारी वकिल कार्यालयमा बयानका लागि उपस्थित गराएका थियो ।
रास्वपाका सभापति लामिछाने कार्तिक २ मा पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ परेका थिए । त्यसपछि आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका थिए ।