बेलिब्रिजले जोडियो खुर्कोट–रामेछाप, प्राविधिक र सेनालाई सम्मान

काठमाण्डु टुडे २०८१ कार्तिक ६ गते १५:४९ मा प्रकाशित

काठमाण्डु ६ कात्तिक– गएको १० देखी १३ असोज सम्म भएको भारी बर्षापछि बाढी–पहिरोले बगाएको बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने बेलिबृज पुनः जडानको कार्य सकिएर सञ्चालनमा आएको छ ।

मंगलबारदेखि बेलिबृज सञ्चालनमा ल्याइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल लगायतको टोली बिपी राजमार्ग अन्तर्गत सिन्धुली एवम् रामेछापको सडक अनुगमनका लागि पुगेका थिए ।

निरीक्षणमा पुगेका मन्त्री दाहालले बेलिबृज निर्माण कार्यमा खटिएका प्राविधिक एवं नेपाली सेनाका जवानहरुलाई सम्मान समेत गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us