बालिका बलात्कारका दोषीलाई कारबाही माग गर्दै भालुबाङ बजार बन्द

काठमाण्डु टुडे २०८१ कार्तिक ६ गते १५:३२ मा प्रकाशित

काठमाण्डु ६ कात्तिक– स्थानीय बासिन्दाले बालिका बलात्कारका आरोपी पक्राउ नगरेको भन्दै दाङको भालुबाङ बजार बन्द गराएका छन । आज मंगलबार दिउँसो भालुबाङ पुल्चोकमा राजमार्ग विरोध विरोध प्रदर्शन गरेरे उनीहरुले बजार बन्द गराएका हुन ।

यसका साथै भालुबाङ बजार बन्द गरिएको छ २४ असोजमा सशस्त्र प्रहरी बलको क्याम्प नजिक पिङ खेल्न पुगेकी ८ बर्षीया बालिका बलात्कार भएको सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय भालुबाङले घटनाबारे अनुसन्धान सुरु गरेको थियो ।

पीडित बालिकालाई प्रहरीले संरक्षण गरेर राखेको छ भने ती बालिकासंगै रहेकी अर्की १५ बर्षीया बालिकालाई पनि प्रहरीले अनुसन्धानको लागि कार्यालयमा राखेको छ ।

दुवै बालिका संग घटनाको बारेमा जानकारी लिने र संकास्पद व्यक्तिहरुसंग सोधपुछ जारी राखिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाए पनि अझैसम्म संलग्न व्यक्तिको पहिचान गर्न नसकेपछि जनआक्रोश बढ्दै गएको छ ।

प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गरेर सार्वजनिक नगर्दासम्म संघर्ष जारी राख्ने पीडित पक्षले चेतावनी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us