काठमाण्डु ६ कात्तिक– मोरङमा सिटी सफारीबाट लडेर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सफारी चालक सुन्दरहरैँचा नगरपालिका–५ बस्ने ४५ वर्षीय खैरा चौधरी रहेका छन ।
सुन्दरहरैँचा नगरपालिका९६ दुलारीस्थित सडकमा को–१ ह ७६५८ नम्बरको सिटी सफारीबाट लडेर चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सिटी सफारीबाट सोमबार दिउँसो लडेर बेहोस भएका उनको बिराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।