अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण

काठमाण्डु टुडे २०८१ साउन ३ गते १३:०५ मा प्रकाशित

एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रपतिलाई खोप लगाइएको र अहिले आराम गरिरहेको ह्वाइट हाउसले जवानकारी दिएको छ ।

बाइडेनलाई यसअघि पनि दुई पटक कोरोना सङ्क्रमण भईसकेको छ । ८१ वर्षीय बाइडेन बुधबार लास भेगासमा भएको चुनावी सभामा सहभागी भएका छन ।

एउटा कार्यक्रममा सहभागी भएका उनले त्यसपछिका कार्यक्रम रद्द गरेका थिए । गत जुनको अन्त्यमा ट्रम्पसँगको चुनावी बहसमा खराब प्रदर्शनपछि उमेरका कारण पद छोड्न उनीमाथि चर्को दबाब परेको छ । फेरि उनलाई यही समयमा यो रोग आएको हो ।

राष्ट्रपति ट्रम्पलाई डेलावेयर स्थित आफ्नो निवासमा आइसोलेट गर्ने लागिएको ह्वाइट हाउसले जनाएको छ । त्यस्तै, ह्वाइट हाउसले बाइडेनको डाक्टरको नोट पनि सार्वजनिक गरेको छ ।

ह्वाइट हाउसले सार्वजनिक गरेको नोटमा बाइडेनलाई श्वासप्रश्वासका लक्षणहरू, नाकबाट सिगान बग्ने र खोकी लागेको बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us