भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबिच भेटवार्ता

काठमाण्डु टुडे २०८१ असार २५ गते ११:४७ मा प्रकाशित

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भेटवार्ता भएको छ । रुसको दुई दिने भ्रमणका लागि सोमबार मस्को पुगेका भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री मोदीले सोसल मिडिया प्लेटफर्म एक्सको ह्यान्डलमा भेटका केही तस्बिरहरू पोस्ट गरेका छन् । यी तस्बिरहरूसँग मोदीले लेखेका छन्, ‘नोभो९ओगार्योभोमा राष्ट्रपति पुटिनको आतिथ्यताका लागि कृतज्ञ छु।

मंगलबार पनि हाम्रो वार्ताको प्रतीक्षा गर्दै, जुन भारत र रुसबिचको मित्रताको सम्बन्धलाई अझ मजबुत बनाउन निश्चित रूपमा उपयोगी साबित हुनेछ।’

रुसको सरकारी मिडिया स्पुतनिकले दुई नेताबिच भएको कुराकानीको भिडियो सार्वजनिक गरेको छ । भेटमा पुटिनले नरेन्द्र मोदीलाई तेस्रो पटक प्रधानमन्त्री बन्न सफल भएकोमा बधाई दिँदै भनेका छन्, ‘मलाई लाग्छ यो संयोग होइन, सरकारको प्रमुखका रूपमा तपाईंको धेरै वर्षको कामको यो परिणाम हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us