बेलायतको चुनावमा लेबर पार्टीलाई बहुमत, १४ वर्षपछि सत्ताको यात्रामा

काठमाण्डु टुडे २०८१ असार २१ गते १५:०८ मा प्रकाशित

एजेन्सी– बेलायतको निर्वाचनमा लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किएको छ । कियर स्टार्मर नेतृत्वको लेबर पार्टीले सरकार बनाउनका लागि आवश्यक ३२६ सिटमा विजयी हासील गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार शुरुआती नतिजामा लेबर पार्टीले ३४४ सिटमा विजयी हासील गरीसकेको छ । तर वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीले यो समाचार तयार पार्दासम्म ७२ सिट मात्र जित निकालेको छ ।

त सर्वेक्षणले बेलायतका कुल ६५० सिटहरुमध्ये लेबर पार्टीले ४१० सिट जित्ने र कन्जरभेटिभ पार्टी १३१ सिटमा समेटिने देखाएको थियो । न् २०१९ मा कन्जरभेटिभ पार्टीले ३६४ सिट जित्दा लेबर पार्टीले २०३ सिट मात्र चित्त बुझाएको थियो । सपटक स्थिति उल्टिएको छ र लेबर पार्टीले भारी बहुमत हासिल गरेको छ । ६१ वर्षीय कियर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री बन्ने छन् ।

उनी सन् २०२० मा लेबर पार्टीको नेता चुनिएका थिए । नावमा खराब नतिजा आएपछि कन्जरभेटिभ पार्टीका नेताहरुको आलोचना सुरु भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us