जब कमेडी च्याम्पियनको फाइनलमा भक्कानिएर रोए मनोज गजुरेल…

काठमाण्डु टुडे २०८१ असार १७ गते १५:१३ मा प्रकाशित

काठमाण्डु, १६ असार– दर्शकलाई पेट मिचिमिचि हँसाउने टीभी रियालिटी शो हो कमेडी च्याम्पियन । तर, कहिले कसो यो शोमा भावुक स हृदयश्पर्सी क्षणहरु पनि आइदिन्छन् । कमेडी च्याम्पियनको तेस्रो सिजन भर्खरै सकिएको छ । अघिल्ला दुई सिजनको तुलनामा तेस्रो सिजन त्यति चर्चामा रहेन ।

अस्ति प्रशारित फाइनल एपिसोडमा सुनील खड्का विजेता भएका छन । ती महिना अगाडि सवारी दुर्घटनामा परेर घाइते भएका कमेडियन सुशान्त बस्यालले फाइनलमा गेस्ट पर्फमरका रुपमा प्रस्तुति दिएका थिए । उनको प्रस्तुतिले हँसाएन मात्रै, रुवायो पनि ।

कार्यक्रमका जज ऋचा शर्माको आँखामा आँशु छचल्किएको थियो भने अर्का जज मनोज गजुरेल त भक्कानिएर रुन थाले । स्टेजमा सँधै दर्शकलाई हँसाउने विख्यात हाँस्यव्यंग्य कलाकार गजुरेलले आफ्नो मनभित्र दवाइरहेको पीडा कमेडी च्याम्पियनको मञ्चमा पोखिएको थियो ।

उनको ‘कमेडी भर्सन’ मात्रै देख्दै आएका दर्शकहरु यो भावुक पाटोलाई देखेर चिसिए । कार्यक्रममा सन्नाटा छायो । आफू यसरी भावविव्हल बन्नुको कारण मनोज आफैंले खुलाए । उनले सुशान्तको प्रस्तुति हेर्दा आफ्नो छोरालाई सम्झिएको बताएका छन । गजुरेलले भने, ‘मेरो छोरा पनि तिम्रै उमेरको छ, जसलाई म आफूलाई भन्दा बेसी माया गर्छु । उ एउटा स्वास्थ्य समस्याबाट गुज्रिरहेको छ ।

तिमी यति ठूलो दुर्घटनाबाट बाँचेर आज यसरी प्रस्तुति दिइरहेको देख्दा मलाई पनि हौसला मिलेको छ कि मेरो छोरा पनि पूर्णरुपमा ठिक भएर पहिलेजस्तै अवस्थामा फर्किनेछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us