इन्दिरा गान्धी विमानस्थलको टर्मिनल भवनको छत खस्यो

काठमाण्डु टुडे २०८१ असार १४ गते ११:३८ मा प्रकाशित

काठमाण्डु, १४ असार– भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत भत्किएको छ ।

शुक्रबार बिहान छत भत्किएर खस्दा ६ जना घाइते भएका छन् । छत रोकिराखिएको सवारी साधनमाथि खसेको बीबीसीले जनाएको छ ।

त्यस क्रममा एउटा कार र एउटा ट्याक्सीमा रहेका ६ जना घाइते भएका छन् । भारी वर्षाका कारण ५ बजे टर्मिनल १ को पुरानो डिपार्चरको छत खसेको विमानस्थलका प्रवक्ताले बताए ।

घटनापछि टर्मिनल १ का सबै उडान स्थगन गरिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us