टेस्लाले निकाल्यो १४ प्रतिशत कर्मचारी

काठमाण्डु टुडे २०८१ असार १० गते १५:३४ मा प्रकाशित

एजेन्सी– अमेरिकी खर्बपति व्यापारी एलन मस्कको विद्युतीय कार बनाउने कम्पनी टेस्लाले १४ प्रतिशत कर्मचारीलाई कामबाट निस्कासन गरेको छ ।

आफूले हेरेको डकुमेन्टहरूले यस्तो देखाएको भन्दै सीएनबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ । सन् २०२३ यता कम्पनीले अस्थायी कर्मचारी समेत गरेर भारी मात्रामा कर्मचारी कटौती गरिरहेको थियो ।

यो वर्षको अहिलेसम्मको अवधिमा जागिरबाट निकालिएका कर्मचारीको सङ्ख्या १४ प्रतिशतमाथि पुगेको उक्त समाचामा उल्लेख गरीएको छ । अहिले विश्वभर कम्पनीका कूल १ लाख २१ हजार कर्मचारी रहेका छन । यो कर्मचारीको सङ्ख्या कम्पनीले तलबसम्बन्धी डेटाबाट लिइएको होइन ।

टेस्लाको इमेलको ‘सबै जना’ को सूचीमा रहेको मान्छेको सङ्ख्या हो । यो भनेको गएको वर्षको तुलनामा १४ प्रतिशत कम हो । जुन १७ मा मस्कले कम्पनीमा कार्यरत सबै जना कर्मचारीलाई एउटा इमेल पठाएका थिए ।

आगामी केही दिनमा कम्पनीले अभूतपूर्व प्रदर्शन गर्ने कर्मचारीलाई स्टक अप्सन (बेच्न मिल्ने शेयर) दिनका लागि विस्तृत समीक्षा गर्ने इमेलमा भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us