युक्रेनको ऊर्जा पूर्वाधारमा रुसी आक्रमण

काठमाण्डु टुडे २०८१ असार ८ गते १५:३५ मा प्रकाशित

एजेन्सी– आज शनिबार रुसले देशको पश्चिम र दक्षिणका ऊर्जा पूर्वाधारमा रातारात ‘ठूलो’ आक्रमण गरेको युक्रेनले जनाएको छ ।

जापोरिझिया र लिभिभ क्षेत्रका (अपरेटर) युक्रेनेर्गो सुविधाहरूमा उपकरणहरू क्षतिग्रस्त हुनुका साथै दुई कर्मचारीहरू घाइते भई जापोरिजियामा अस्पतालमा भर्ना गरिएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ । यसले विगत तीन महिनामा “ऊर्जा पूर्वाधार सुविधाहरूमा आठौँ ठुलो, संयुक्त आक्रमण“ भएको बताएको छ ।

रूसी आक्रमणको दुई वर्ष भन्दा बढी, लक्षित मिसाइल र ड्रोन आक्रमणहरूले युक्रेनको बिजुली उत्पादन क्षमतालाई कमजोर बनाई किभलाई युरोपियन युनियनबाट उर्जा आयात गरी आपूर्ति गर्न बाध्य पारेको छ ।

युक्रेनी अधिकारीहरूले बिहीबार राति भएको ठूलो आक्रमणमा पावर स्टेसनसहित ऊर्जा पूर्वाधार क्षतिग्रस्त हुनुका साथै सात जना कर्मचारी घाइते भएको बताएका छन् ।

युक्रेनको सबैभन्दा ठुलो निजी ऊर्जा कम्पनी डिटिइकेले आक्रमणले यसको एउटा कारखानामा ‘गम्भीर क्षति’ भएको बताएको छ ।

रुसी आक्रमणले युक्रेनको आधा ऊर्जा क्षमता नष्ट गरेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । जेलेन्स्कीले यस हप्ता युक्रेनका सबै अस्पताल र विद्यालयहरूमा ‘सकेसम्म चाँडो’सौर्य प्यानलहरू जडान गर्नुपर्ने बताए । गर्मीको समयमा बिजुलीमा प्रवाव पार्ने रुसी प्रयासहरू असफल गर्न अवाश्यक प्रयास गरिरहेको उनले बताए ।

डिटेकका प्रमुख कार्यकारी म्याक्सिम टिमचेन्कोले युक्रेनका पश्चिमी सहयोगीले ऊर्जा सञ्जालको रक्षा गर्न सैन्य सहायता प्रदान नगरे यो जाडोमा गम्भीर सङ्कटको सामना गर्नुपर्ने चेतावनी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us