संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्छः सभामुख

काठमाण्डु टुडे २०८० मंसिर २५ गते १७:२६ मा प्रकाशित

काठमाण्डु, २५ मंसिर– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्ने बताएका छन । आज सोमबार संघीय संसद सचिवालयले आयोजना गरेको संसद सेवाको प्रभावकारिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन । उनले संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्ने बताएका छन ।

उनले संसद सर्वोच्च विधायकी संस्था भएको उल्लेख गर्दै विधायकी संस्थालाई सर्वोच्च बनाउनुपर्ने बताएका छन । उनले संसदलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन ।

घिमिरेले संसदलाई प्रभावकारी बनाउनका लागि सबैको भुमिका हुने भन्दै आ–आफ्नो ठाउँबाट भुमिका खेल्न आग्रह पनि गरेका छन । उनले भने, ‘‘एउटा कुरा निश्चयपनि सर्वोच्च विधायकी संस्था हो संसद ।

मेरो चासो के हो भने यो सर्वोच्च विधायकी संस्था सर्वोच्च रुपमा छ कि छैन अहिले रु यसलाई सर्वोच्च रुपमा छ, अझ सर्वोच्च बनाउने, प्रभावकारी बनाउने के हो त्यो गर्नुपर्छ । छैन, त्यो बनाउनको लागि के गर्नुपर्छ रु यो बहस अन्तरक्रियाको शुरुवात हो । यसको निष्कर्षमा पु¥याउन सबैको जिम्मेवारी आ–आफ्नो ठाउँमा छ’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us