एनआरएनएमा दलको प्रवेश दुःखद र लज्जास्पदः डीपी अर्याल

काठमाण्डु टुडे २०८२ वैशाख २६ गते १५:५५ मा प्रकाशित

काठमाण्डू, २६ वैशाख– पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले एनआरएनएमा राजनीतिक दलको प्रवेश दुःखद र लज्जास्पद भएको बताएका छन ।

आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद अर्यालले यस्तो बताउका हुन । उनले सरकारमै रहेका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले दुई वटा छुट्टाछुट्टै एनआरएनए बनाएको बताए ।

यसले समस्या थप बढेको उनले बताए । उनले भने, ‘सरकारमै बसेका दुई दल दुई वटा छुट्टाछुट्र्ट एनआरएनए बनाएर विभाजनको राजनीति गर्न सक्रिय भएका छन्’ ।

सत्तापक्षका दुई दलका सांसदहरूले संसदमै आ–आफ्नो पक्षका एनआरएनको बचाउमा ब्याख्या गरेको उनले बताए । ‘देशभित्रको सबै क्षेत्रमा भागवण्डाले नपुगेर एउटा स्वच्छ भावनाबाट स्थापना भएको एनआरएनएमा समेत दलको प्रवेश दुखःद र लज्जास्पद कुरा हो’ उनले भने ।

सबैलाई मिलेर अगाडि बढ्न सुझाव दिने र पहल लिनुपर्नेमा सरकार नै एनआरएनएमा विभाजन गर्न उद्धत रहेको आरोप लगाएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us