
काठमाण्डु,२४ मंसिर– कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन । कोइरालाले आगामी मंगलबार दिउँसो १ गतेका लागि आफू पक्षीय नेताहरुको बैठक बोलाएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिएका छन ।
थपलियाका अनुसार बैठक बस्ने स्थानबारे टुंगो लागिसकेको छैन । बैठकमा आफू आफू पक्षीउ केन्द्रीय सदस्य, प्रतिनिधि र राष्ट्रियसभा सांसद, प्रदेश सभापति लगायतलाई बोलाइएको थपलियाले उनले जानकारी दिएका छन ।