अर्घाखाँचीमा ट्रक दुर्घटना, चालकसहित २ जनाको मृत्यु

काठमाण्डु टुडे २०८० मंसिर २४ गते १२:११ मा प्रकाशित

काठमाण्डु,२४ मंसिर– अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मी रहेका छन ।

दुर्घटनामा परी ट्रक चालक चौधरी र सहचालक कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिएका छन । उनका अनुसार गिटी बोकेको ना ६ ख २७३९ नम्बरको ट्रक शीतगङ्गा नगरपालिका– ८ सातमाराको राप्ति पुल नजिकै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जेनस अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक रिजालले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us