नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

काठमाण्डु टुडे २०८० मंसिर २४ गते ११:२० मा प्रकाशित

काठमाण्डु, २४ मंसिर– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन ।

श्रेष्ठ आइतबार बिहान गंगागाल राष्ट्रिय दृदय केन्द्रबाट डिस्चार्ज भएका हुन् । श्रेष्ठको मुटुमा समस्या भएपछि गत मंगलबार राति सोही अस्पतालमा शल्यक्रिया गरिएको थियो ।

मन्त्री श्रेष्ठको मुटुको देव्रे नसामा आंशिक अवरोध देखिएपछि एन्जिओप्लास्टी गरिएको हो । शल्यक्रियाछि उनलाई सघन कक्षमा राखिएको थियो । श्रेष्ठको उपचारमा डा अरुण मास्केसहितको चिकित्सक टोली संलग्न थियो । श्रेष्ठको सचिवालयले उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

यसअघि गत कात्तिकमा भीन भ्रमणमा गएका बेला पनि श्रेष्ठको मुटुमा समस्या भएपछि स्टेन्ट राखिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us