बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु

काठमाण्डु टुडे २०८० मंसिर २३ गते १८:२० मा प्रकाशित

काठमाण्डु,२३ मंसिररौतहटमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको माधवनारायण नगरपालिका–७ स्थानीय बैजुलाल पण्डित रहेका छन ।

आज (शनिबार) बिहान हलो जोतिरहेका स्थानीय बैजुलाल पण्डितको करेन्ट लागेर मृत्यु भएको हो प्रहरीले जानकारी दिएको छ । लौकाहा गाउँ छेउको खेतमा हलो जोतिरहेका बेला खेतमै झरेको ११ हजार भोल्टको तारबाट बगेको करेन्ट लागेर पण्डित र एक गोरुको पनि मृत्यु भएको प्रहरी इन्स्पेक्टर झलक शर्माले जानकारी दिएका छन ।

घटनाको खबर प्राप्त भएलगतै जिल्ला प्रहरी कार्यालय गौरबाट इन्स्पेक्टर शर्माको कमान्डमा पुगेका प्रहरी टोलीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us