
काठमाण्डु, २१ मंसिर– क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य किरणले अहिलको सत्ता, व्यवस्था र राजनीतिक दल असफल भएको बताएका छन । आज बिहीबार राजधानीमा भएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले यसको २ वटा विकल्प रहेको बताएका छन । पहिलो विकल्प पुरानै संसदीय व्यवस्थामा अल्झिने अर्को क्रान्तिकारीबिच ध्रुवीकृत गरी अस्थायी संयुक्त सरकार गठन गर्ने उनले विकल्प दिएका छन ।
उनले भने, ‘ जनजीविकाको विषयमा सरकारले काम गर्न सकेन । सत्ता, व्यवस्था, राजनीतिक दल असफल भयो । जनतामा चरम वितृष्णा बढ्दै गएको छ, ‘दलहरू मिसन ८४ मा लागेका छन् । उनीहरू आ–आफ्नो स्वार्थमा लागेका छन् । विभिन्न विकल्प आएका छन् । ती विकल्पले काम गर्दैन ।