
काठमाण्डु, १९ मंसिर– कांग्रेस महामन्त्री गगन थापाले प्रथम दृष्टिमै एनसेलमा अर्बौँ घोटाला भएको अनुमान गर्न सकिने बताएका छन । आज मंगलबार कांग्रेस ओखलढुङ्गाको सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले एनसेल बिक्री प्रकरणमा कानुनको दुरुपयोग भएको हेर्नुपर्ने बताएका छन । कांग्रेस सम्मिलित सरकारले कानुनको दुरुपयोग भएको पाइएमा दण्डित गरिनुपर्ने उनले बताएका छन ।उनले भने, ‘हरेक दिन कुनै न कुनै काण्डबारे सुनिन्छ।
केही समयअगाडि सुनको काण्डबारे सुनियो, हिजोआज कुनै पत्रपत्रिका हेर्नुभयो भने एनसेलको अर्बौँ रुपैयाँ घोटालाको काण्ड सुन्नुहुन्छ, ‘प्रथम दृष्टिमा हेर्दै गर्दा पनि अर्बौं रुपैयाँ घोटाला भएको अनुमान लगाउन सकिन्छ।’
उनले यसमा जतिसुकै ठुलो मानिस संलग्न भएको पनि छोड्न नहुने बताएका छन । ‘यदि कुनै ठुलै नेताको सम्पत्ति कहीँकतै चोर बाटोबाट लगेर त्यो कालो धन नेपालमा फेरि लगानीको नाममा फर्काउने प्रयास भएको छ भने पनि जो सुकै होस्, त्यसले दण्ड पाउँछ भन्ने विश्वास कांग्रेसले दिलाउन सक्नुपर्छ,’ उनले भने ।