पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाण्डु टुडे २०८० मंसिर १४ गते २३:२७ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर- नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
निगमले बिहीबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
भारतीय आय कर्पोरेशन (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीमा मूल्य घटेर आएकाले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको हो । पेट्रोलमा २ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको निगम प्रवक्ता मनोज ठाकुरले बताए । योसँगै काठमाण्डु उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ७० तथा डिजेल र मट्टीतेल प्रतिलिटर १ सय ६० रुपैयाँमा पाइनेछ । खाना पकाउने एलपी ग्यासमा भने प्रतिसिलिण्डर २१ रुपैयाँ १४ पैसाका दरले मूल्य बढाइएको छ । यद्यपि खुद्रा ग्यासको मूल्य यथावत राखिएको निगमले स्पष्ट गरेको हो । हाल ग्यासको बजार मूल्य प्रतिसिलिन्डर १८ सय ९५ रुपैयाँ पर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us