एकीकृत समाजवादीका बैतडी इन्चार्ज र अध्यक्ष एमाले फर्किए

काठमाण्डु टुडे २०८० मंसिर १४ गते १७:४३ मा प्रकाशित

बैतडी, १४ मंसिर– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका बैतडी इन्चार्ज र अध्यक्ष एमालेमै फर्किएका छन् ।

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको पहिलो दिन अभियान उदघाटन भएपछि गोठलापानीमा आयेजित सभामा समाजवदाीका केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज नरेन्द्र विष्ट र जिल्ला अध्यक्ष महादेव भट्ट एमाले प्रवेश गरेका हुन् ।

विष्ट र भट्टलाई एमाले अध्यक्ष केपी ओलीले टीका र माला लगाएर पार्टीमा प्रवेश गराए । विष्ट र भट्ट एमालेको गुटबन्दीमा सुरुदेखि नै माधव नेपालको पक्षमा थिए ।

उनीहरु नेपालका निकट नेता मानिन्थे । उनीहरुसँगै जिल्लास्थित नेता कार्यकर्ता पनि एमालेमै फर्किएको दाबी सो पार्टीले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us