मोटरसाइकल दुर्घटनामा बाबु–आमा र छोरीको मृत्यु

काठमाण्डु टुडे २०८० मंसिर १४ गते १७:२६ मा प्रकाशित

मकवानपुर, १४ मंसिर– मकवानपुरमा बिहीबार मोटरसाइकल दुर्घटना हुँदा परिवारका तीन जनाको मृत्यु भएको छ ।

मकवानपुरगढी गाउँपालिका–२ धवाडीपुल नजिकै प्रदेश३–०२–०१२प ६९११ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर पल्टिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरगढी–२ कुर्लेपाखाका ३५ वर्षीय भीमबहादुर स्याङतान, मोटरसाइकल पछाडि सवार उनकी श्रीमती ३४ वर्षीया रूपा र चार महिनाकी छोरीको मृत्यु भएको हो ।

मकवानपुर प्रहरी प्रमुख एसपी सीताराम रिजालले आमाछोरीको घटनास्थलमै र भीमबहादुरको उपचारका लागि चितवन मेडिकल कलेज लैजाने क्रममा बाटैमा मृत्यु भएको जानकारी दिए ।

उनको टाउकोमा गम्भीर चोट लागेको थियो । प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान थालेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us