कार्यबाहक प्रधानमन्त्री भए पूर्णबहादुर खड्का

काठमाण्डु टुडे २०८० मंसिर १४ गते ८:१६ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर– उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का कार्यबाहक प्रधानमन्त्री भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड राष्टसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन गएराति संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गरेका थिए ।

प्रधानमन्त्रीले आगामी १ डिसेम्बरमा कोप–२८ को सभालाई सम्बोधन गर्ने कार्यतालिका छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us