
पोर्चुगल–पोर्चुगलमा एक नेपालीले आफ्नै साथीको हत्या गरेका छन् । कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीकोछुरा प्रहारबाट मृत्यु भएको हो । उनलाई पोर्चुगलको ओडिमिरास्थित बोआभिस्तामा सॅगैवबस्दै आएका क्पुतलीबजार–१२ पेल्काचौरका३० वर्षीय लोकेन्द्र गुरूङले गत मङ्गलबार राति छुरा प्रहार गरेका थिए । गम्गीर घाइते क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानोअस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको पोर्चुगलस्थित अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए ।गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काका अनुसार मृतक क्षेत्रीको शव परीक्षणका लागि सोही अस्पतालकोशवगृहमा राखिएको छ । घटनाबारे परिवारलाई जानकारी गराइएको खड्काले बताए । गुरूङलाई प्रहरीले पक्राउ गरी अनुसन्धानगरिरहेको छ । हमालका अनुसार रोजगारीका सिलसिलामा आठ महिना अघि मात्र पोर्चुगल पुगेका क्षेत्री र गुरूङ ओडिमिरास्थित एककृषि कम्पनीमा कार्यरत थिए ।