
काठमाण्डु, १३ कात्तिक– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् ।
अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङ पक्राउ परेका हुन् ।
उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले सोमबार पक्राउ गरेको हो ।
तामाङमाथि मानव तस्कर गिरोहसँगको मिलेमतोमा नक्कली कागजात बनाएर भिजिट भिसामा खाडी मुलुक पठाउने गरिएको अनुसन्धानले देखाएको छ ।
तामाङ तीन वर्षदेखि विमानस्थलमा कार्यकरत थिए ।