
काठमाण्डु, १३ कात्तिक– इजरायलको आक्रमणमा ८ हजार ५ सय प्यालेस्टिनीको मृत्यु भएको छ ।
गत ७ अक्टोबरयता गाजामा कम्तीमा ८ हजार ५ सय प्यालेस्टिनी मारिएको अलजजिराले जनाएको छ । यस्तै हमास आक्रमणमा परी इजरायलमा १ हजार ४ सय बढीको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इजरायल–हमास युद्धबाट गाजामा बालबालिका अत्याधिक चपेटामा परेका छन् ।
यसैबीच इजरायलले गाजाको अल–कुद्स अस्पताल समेत खाली गर्न भनेको छ ।
अस्पतालमा समेत इजरायलले आक्रमण गरेपछि विश्व समुदायले आलोचना गरिरहेको छ ।