
काठमाण्डु, १२ कात्तिक– श्रीमानका हत्यारालाई संविधान दिवसका अवसरमा आममाफी दिइएको विरोधमा भारती शेर्पा पुनः अनसनमा बसेकी छन् ।
शेर्पाले आइतबारदेखि काठमाण्डुको माइतीघरमा आइतबारदेखि रिले अनसन थालेकी हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका असवरमा गत ३ असोजमा उनका श्रीमान चेतन मानन्धर हत्यामा संलग्न रहेको आरोपमा जेलमा रहेका नेपालगञ्जका गुण्डा नाइके एवं काँग्रेस नेता योगराज ढकाल (रिगल) लाई बाँकी कैद मिनाहा गरेका थिए ।
भारती यसअघि पनि माइतीघरमा अनसन बसेकी थिइन् । सर्वोच्च अदालतले उनकै रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सरोकारवाला पक्षसँग जवाफ मागेपछि उनले अनसन तोडेकी थिइन् ।