बिरामी ओली ठाँटिएर छिरे बालुवाटार

काठमाण्डु टुडे २०७१ साउन १३ गते १२:४७ मा प्रकाशित

काठमाण्डु , १३ साउन – एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख तीन दलको मङ्गलबार बसेकाे बैठकमा   सहभागी भएका छन् ।

kp oliप्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ काँग्रेस , एमाले र प्रमुख विपक्षी एमाओवादीको बैठक बसेकाे थियो ।

बैठकमा एक साता लामो स्वास्थ्य उपचारपछि मङ्गलबार दिउँसो स्वदेश फर्किएका ओलीको सहभागिता सबैको चासोको विषय बनेको छ ।

उनको स्वास्थ्य अवस्थालाई लिएर पार्टी भित्र र बाहिर आलोचनात्मक टिकाटिप्पणी हुदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us