बागलुङमा जीप दुर्घटना, एकको घटनास्थलमै मृत्यु

काठमाण्डु टुडे २०८० असार १० गते ७:४० मा प्रकाशित

बागलुङ, १० असार– बागलुङमा गएराति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको जीप काठेखोला गाउँपालिका–३ धम्जाको रामचालुमा सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा धम्जाका १८ वर्षीय विजय विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटानमा खरु दुई जना घाइते भएका छन् । घाइतेलाई उपचारका सदरमुकाम ल्याइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us