केरूटोल बाट लाखौँको गहना र नगद चोरी

काठमाण्डु टुडे २०८० असार ९ गते १८:२२ मा प्रकाशित

काठमाण्डु, ९ असार- ललितपुरमाको केरूटोल बाट लाखौँ रुपैयाँको धनमाल चोरी भएको छ ।

शुक्रबार दिउँसो महालक्ष्मी नगरपालिका९४ केरूटोल डेरा गरी बस्ने धनकुटा बिचबजार घर भएका ४२ वर्षीय मनोज श्रेष्ठको कोठाबाट सुन र चाँदीका विभिन्न गहना तथा नगद समेत गरी करिब १० लाख रूपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गरीरहेको बताएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us