रक्तस्रावको कारण सुत्केरी महिलाको मृत्यु

काठमाण्डु टुडे २०७१ साउन १३ गते ४:५९ मा प्रकाशित

उदयपुर, १३ साउन – बढी रक्तस्रावका कारण एक सुत्केरी महिलाको हिजो साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दपुर–८ बस्ने २७ वर्षीया सकिला चौधरी रहेको बेल्टार अस्पतालले जनाएको छ । सोमबार बिहान ९ बजे चौधरीलाई प्रसूति गराउन सो अस्पतालमा ल्याइएको र १२ बजेतिर चौधरीको प्रसूति उपचार सफल भई बच्चा जन्मे पनि रक्तस्राव नरोकिएपछि अस्पतालले विराटनगर सिफारिस गरेको जनाएको छ ।

विराटनगर पु¥याइएका चौधरीको बेलुकी साँझ ७ बजे मृत्यु भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us