
काठमाण्डु, ७ असार- ८ औं कान्तिपुर हिसान एडु फेयर (शैक्षिक मेला)असार ८ गतेबाट पुनः सञ्चालन हुने भएको छ ।
बिहीवार काठमाण्डुमा मा पत्रकार सम्मेलन गरी आयोजकले काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहले रोकेको मेला सञ्चालन हुने जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै कान्तिपुर हिसान एडुफेयरका संयोजक टंकराज आचार्यले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृति प्राप्त गरी जेठ ३२ गतेदेखि असार ३ गतेसम्म भृकुटीमण्डपमा आयोजित शैक्षिक मेला काठमाण्डु महानगरका तर्फबाट गैरकानूनी ढंगले अवरोध सिर्जना गरी बाधा पु¥याएपछि कानूनी प्रक्रियामा गए उच्च अदालत पाटनका तर्फबाट मेला सञ्चालन गर्न अनुमति दिएसँगै मेला सञ्चालन गर्न लागेको बताए ।
शैक्षिक मेला २०८० असार ८, ९ र १० गते काठमाण्डुको भृकुटीमण्डपमा सञ्चालन हुँदैछ । तीन दिनसम्म निर्वाध रुपमा सञ्चालन हुनेछ ।’गत जेठ ३२ गते सञ्चालन भएको मेला काठमाण्डु महानगरपालिकाले अनुमति नलिइकन सञ्चालन गरेको भन्दै बन्द गराएको थियो ।