वीरमा चौथो दिन पनि उपचार सेवा ठप्प

काठमाण्डु टुडे २०७१ साउन १३ गते ४:०० मा प्रकाशित

hos[oitalकाठमाण्डु, १३ साउन –आवासीय चिकित्सकहरुको आन्दोलनका कारण वीर अस्पतालमा मंगलबार चौथो दिन पनि उपचारसेवा ठप्प छ । देशकै पुरानो अस्पतालको समस्या समाधान नहुँदा बिरामी मर्कामा परेका छन् ।
अस्पताल सुधार लगायतका बिभिन्न माग राख्दै आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि अस्पतालमा आकस्मिक सहितका अरु सेवा ठप्प छन् । माग पूरा गर्नेबारे गृहकार्य भैरहेकाले विरामीलाई मर्का पर्नेगरी उपचार नरोक्न सरकारले आग्रह गरेको छ ।
माग सकारात्मक भएपनि स्वास्थ्य जस्तो अति संवेदनशील विषयमा आन्दोलन गरेर उपचार रोक्नु गलत भएको सरकारको भनाई छ । स्वास्थ्यमन्त्री खगराज अधिकारीका प्रेस संयोजक सुदन ज्ञवालीका अनुसार माग पूरा गर्न गृहकार्य भैरहेकाले तत्काल उपचार सेवा सुरु गर्न आग्रह गरिएको छ ।

तर आन्दोलनरत चिकित्सकहरुले भने माग पूरा नगरेसम्म काम नगर्ने अडान लिएका छन् ।
अस्पताल सुधार गर्न सरकारले अहिलेसम्म उपयुक्त कदम नचालेको उनीहरुको आरोप छ । विरामीलाई आफूहरुले सेवा नदिए पनि विशेषज्ञ चिकित्सक र नर्सहरुले सेवा दिइरहेकाले विरामी उपचार सेवाबाट बञ्चित नभएका आवासीय चिकित्सक संघका अध्यक्ष डा। मंगल रावलले दावी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us