अदालत भारतको गुलाम भयो, फैसला मान्दिनः बालेन्द्र

काठमाण्डु टुडे २०८० असार ७ गते १६:१६ मा प्रकाशित

काठमाण्डु, ७ मंसिर– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरकार र सर्वोच्च अदालतमाथि भारतको गुलाम भएको आरोप लगाएका छन् ।

हिन्दी सिनेमा ‘आदिपुरूष’ को प्रदर्शनमा रोक लगाउने आफ्नो निर्णयविरुद्ध उच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि शाहले अदालत र कानुन नमान्ने बताएका हुन् ।

देशको सार्वभौमिकता र स्वाधीनताको कुरा आए कानुन र अदालतलाई नमान्ने उनको भधनाइ थियो । ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।

फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ,’ शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु । तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको इजलासले चलचित्र प्रदर्शनमा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको थियो । अदालतले दुर्व पक्षलाई असार १२ गते उपस्थित हुसन भनेको छ । चलचित्र संघले शाहको निर्णयविरुद्ध बुधबार उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us