बाबुराम लाई एक्लै हिँड्ने बानी परेकाले समाजवादी मोर्चामा आएनन्:उपेन्द्र यादव

काठमाण्डु टुडे २०८० असार ७ गते १५:३७ मा प्रकाशित

Upendra Yadav

काठमाण्डु, ७ असार- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले डा .बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेको बताएको छन्।

बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादबले भट्टराईलाई एक्लै हिँड्ने बानी परेकाले समाजवादी मोर्चामा नआएको आफ्नो बुझाइ रहेको बताएका छन।

भट्टराई समाजवादी मोर्चा गठनका लागि भएको छलफलमा कहिले पनि उपस्थित नभएको उनले बताए। मोर्चा गठनमा बाबुराम भट्टराईको कुनै योगदान नरहेको दाबी गरे ।

पत्रकार सम्मेलनका क्रममा यादवले मोर्चामा रहेका कुनै दलबीच एकीकरण हुन सक्ने भएपनि मोर्चा नै दलको रुपमा भने नआउने स्पषट पारे । मोर्चाले साझा मुद्दामा काम गर्ने उनले बताए। पत्रकार सम्मेलनका क्रममा उनले असार १० गते पार्टीको विधान अधिवेशन सुरु हुने जानकारी गराए ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us