हिन्दी फिल्म प्रदर्शन नरोक्न उच्च अदालतको आदेश

काठमाण्डु टुडे २०८० असार ७ गते १५:१३ मा प्रकाशित

काठमाण्डु ,७ असार- कााठमाण्डु माहानगरपालीका भित्र हिन्दी फिल्म चल्न नदिने महानगरको निर्णयविरूद्ध चलचित्र संघले हालेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ।

बिहीबार बिहीबार न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले फिल्म नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अहिलेलाई हिन्दी सिनेमाहरू चलाउन पाइने भएको अधिवक्ता जयलाल भण्डारीले जानकारी दिए।

अहिले हिन्दी लगायत कुनै पनि फिल्म रोक नलगाउनू, यथास्थितिमा चल्न दिनू भनेको छ,’ उनले भने। हलवालाहरूको छाता संगठन चलचित्र संघले बुधबार उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर निषेधाज्ञाको मुद्दा दायर गरिएको थियो। काठमाण्डु महानगरका मेयर बालेन शाहले आदिपुरूषु मा ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोक लगाएका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us