नारायणकाजीको अगाडि बामदेवको चेतावनी: मलाई पूर्वमन्त्री भनेको मन पर्दैन
काठमाण्डु टुडे
२०८० असार ७ गते १२:०६ मा प्रकाशित
काठमाण्डु, ७ असार– नेकपा राष्ट्रिय एकता अभियानका संयोजक एवंपूर्वउपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले आफूलाई पूर्व भनेर सम्बोधन गरेकोमन नपर्ने बताएका छन् । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिबैठकमा गौतमले बिहीबार आफूलाई पूर्व शब्दले सम्बोधन नगर्न चेतावनी दिए । बैठक सुरुआत गर्दै समिति सभापति प्रकाश पन्तले बोल्न समय दिने क्रममागौतमलाई पूर्वउपप्रधान तथा गृहमन्त्री सम्बोधन गरेका थिए । समितिमा विपद्जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा छलफलको एजेण्डा थियो ।बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी छन् ।