सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको धज्जी उडायोः सूर्यप्रसाद ढकाल

काठमाण्डु टुडे २०८० असार ६ गते १४:५३ मा प्रकाशित

काठमाण्डु ,६ असार- नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको धज्जी उडाएको बताएका छन्।

बुधबार प्रतिनिधिसभामा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै सांसद ढकालेले मसिना बजेटहरू पनि संघमार्फत विनियोजन गरेर सरकारले संघीयताको धज्जी उडाएको बताएका हुन्।

उनले वडाले विनियोजन गर्नुपर्ने हजार र लाख लागत भएका विकासका योजनाहरूमा केन्द्र सरकारले बजेट विनियोजन गरेको बताए। कमसेकम पाँच करोडभन्दा माथिका विकासका योजनाहरूमा मात्र केन्द्र संघबाट विनियोजन हुनुपर्ने बताए।

‘तीन करोडभन्दा माथिका प्रदेशले प्रस्तुत गर्ने, तीनलाख भन्दा भन्दा माथिका पालिकाले गर्ने र दस हजार लाख सम्मका योजनाहरु वडाले गर्ने व्यवस्था हुनुपर्छ,’ उनले भने

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us