कृषकलाई पेन्सनको व्यवस्था गरौं : प्रभु साह

काठमाण्डु टुडे २०८० असार ६ गते १४:४७ मा प्रकाशित

काठमाण्डु ,६ असार -आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै अध्यक्ष साहले सरकारको बजेटले कृषि क्षेत्रतर्फ आकर्षित गर्न नसक्ने जिकिर गरे ।
उनले भने, -‘यो बजेटले कृषि क्षेत्रतर्फ किसान आकर्षण गर्न सक्दैन । त्यसैले पेन्सनको व्यवस्था गरौं। लुटने स्थायी सरकारलाई होइन । जति ठूलो पोष्टमा छ, त्यति ठूलो भाग खानेलाई पेन्सन दिएर पाल्ने होइन।

स्वार्थीलाई सम्मान गर्ने हो कि त्यागीलाई सम्मान गर्ने हो ?’किसानहरुले आफ्नो हक प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने अवस्था नल्याउनलाई सरकारलाई सचेत गराए।

परम्परागत बजेटले कृषि क्षेत्रको सुधान नआउने भएकाले नयाँ ढंगले सोच्न सरकार लाई आग्रह गरे । अध्यक्ष साहले गरिवलाई पनि पढन सक्ने वातावरणको निर्माण हुने गरी शिक्षा क्षेत्रका बजेटको उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us